कला र प्रतिभाकाे सम्मान गर्दै एभरेस्ट माउन्ट सेवा नेपाल फाउन्डेसन

दिन दुखि , गरिब , असहाय , जेष्ठनागरिक हरूकाे लागि स्थापना भएको एभरेस्ट माउन्ट सेवा नेपाल फाउन्डेसनले कला र प्रतिभाकाे सम्मानमा समेत अग्रसर बनेको छ । तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ स्थित थर्पुमा मुख्य कार्यालय रहनेगरि केही समय अगाडि मात्रै उद्घाटन सँगै सामाजिक क्षेत्रमा अगाडि बढेको फाउन्डेसनले हरेक क्षेत्रमा आफुलाई अगाडि उभ्याएको छ । ४२ ओै मगर दिवसकाे अवसरमा मंगलबार थर्पुमा आयाेजना भएको एक भब्य कार्यक्रममा स्थानीय कलाकारहरू लाई प्राेत्साहन सँगै माैलिक परम्परा र भेषभुषाकाे जगेर्ना गर्ने उद्धेश्यले फाउन्डेसनले आफ्नाे प्रस्तुति देखाएको छ ।

मानव सेवाकाे भावनाले स्थापना भएको फाउन्डेसनले दिन दुखि , गरिब , असहायकाे क्षेत्रमा त थुप्रै सहयोग गर्दै आएकाे छ , साथै माैलिक कला र प्रतिभाकाे सम्मानमा समेत काम गर्दै अगाडि बढ्ने फाउन्डेसनका संस्थापक साेमबहादुर रानाले बताए । हामीले अहिले सजिलो भएको बेला मात्रै हाेइन हिजो काेभिडकाे अफ्ट्यारो बेला देखि नैँ धेरै सहयोग हरू विपन्न वर्गहरूकाे लागि गर्दै आएकाे रानाले बताए । शिक्षाको क्षेत्र बाट बन्चित भएका हाेस या अपांगता भइ पिडामा बसेकाहरू लाई किन नहाेस संस्थाले सहयोग पुर्याउँदै आएकाे उनले बताए । फाउन्डेसनको उद्धेश्य नैँ सामाजिक भावनाले अाेतप्राेत भएको उनको भनाइ थियो ।

संस्थापक अध्यक्ष रानाले २०७६ सालदेखि टिकटक सञ्जाल मार्फत याे कार्यक्रम सुरु गरिएको जानकारी दिए । मानव दिन दुखी , अशक्त , अपांग , वृद्ध लगायत क्यान्सर पिडित , मृगौला पिडित, एकल महिला , एकल पुरूष , निमुखाहरूकाे लागि एभरेस्ट माउन्ट सेवा नेपाल फाउन्डेसन सहारा बन्ने गरेको रानाले दावी गरे ।

सेवा नै धर्म हाे भन्ने मुल उद्धेश्य राखि वैदेशिक राेजगारिकाे सिलसिलामा विदेशमा रहेका
४२ जना युवाहरूको टिम खडा गरि फाउन्डेसनको अवधारणा अगाडि बढाइएको उनलेे जानकारी दिए । हामीले जांड रक्सि जुवा तास , फेसन साे , व्युटिपार्लर रेष्टुरेन्ट बार लगायतमा हुने फजुल खर्च लाई बचाएर सामाजिक उत्तरदायित्वकाे भावनामा अाेतप्राेत भइ त्याे बचेको रकम सामाजिक क्षेत्रमा खर्च गराैं भन्ने भावनाले संस्था स्थापना गरेकाे रानाले बताए ।

नेपाल अधिराज्यभरि पिडितमा परेका व्यक्तिहरू सांडे
४ बर्षकाे अन्तरालमा १ सय ३६ जना लाई फाउन्डेसनले सहयोग गरिसकेको उनलेे जानकारी दिए । संस्थाले एकै व्यक्तिलाई २ लाख ५० हजार रूपयां सम्म मृगौला प्रत्यारोपणकाे लागि सहयोग गरेको उनलेे बताए । रानाले समाजमा काेहि पिछडिएको या पिडा मा भएको अथवा आर्थिक अवस्था अभावले छट्पटीरहेको भएमा जानकारी गराउन र त्यस्तो व्यक्तिहरूलाइ संस्थाको तर्फबाट सहयोग गर्न तयार रहेको जानकारी समेत दिए । फाउन्डेसनले मगर दिवस कार्यक्रम सफल बनाउनकाे लागि आर्थिक सहयोग समेत गरेको छ ।

संस्थाको कामप्रति उच्च मुल्यांकन गर्दै म्याग्दे गाउँपालिकाकाे तर्फवाट फाउन्डेसन उद्घाटनकाे अवसरमा केही समय अगाडि म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले फाउन्डेसनका संस्थापक रानालाइ सम्मान पत्रले सम्मान समेत गरेका थिए ।

फाउन्डेसनमा हाल अध्यक्षमा बुद्धिमान घिसिङ , उपाध्यक्षमा नानू राना तथा काेशाध्यक्षमा शान्ति राना सहितका ४२ जनाको टिम रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page