म्याग्देमा सुक्रवार अत्यावश्यक बाहेकका सेवा प्रभावित हुने
तनहुँकाे म्याग्दे गाउँपालिकामा भाेली मंसिर २१ गते सुक्रवार अत्यावश्यक बाहेकका सेवा आंशिक रूपमा मात्रै प्रबाह हुने भएको छ ।

म्याग्दे गाउँपालिकाकाे १० शैयाकाे थर्पु आधारभुत अस्पतालकाे रूद्री पुजा तथा म्याग्दे सभाहलकाे समुद्घाटन कार्यक्रममा गापा अन्तर्गतका अधिकांश कर्मचारी तथा जनप्रतिनिधिहरू खटिनपर्ने हुँदा १ देखि ७ का सबै वडा र पालिकामा अत्यावश्यक बाहेकका सेवाहरू आंशिक रूपमा प्रभावित हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी द्वारा जारी सुचनामा उल्लेख छ ।

























