आन्तरीक विवादले गठवन्धन भित्र उम्मेदवारकाे टुंगो लाग्न सकेन

आन्तरीक विवादले गठवन्धन भित्र उम्मेदवारकाे टुंगो लाग्न सकेन

नेपाल पत्रकार महासंघकाे अधिवेशन अन्तर्गत भाेली उम्मेदवारी दर्ताकाे कार्यक्रम रहेको भए पनि अहिलेसम्म उम्मेदवारहरूकाे टुंगो लाग्न सकेको छैन । काङ्ग्रेस निकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चाैतारीले गठवन्धन गरेको भए पनि त्यहाँ भित्र उम्मेदवार छान्ने बिषयमा व्यापक विवाद भएपछि अन्तिम समयसम्म पनि उम्मेदवारकाे टुंगो लाग्न नसकेको हाे ।

केन्द्रले गरेको भागबन्डा अनुसार तनहुँमा प्रेस युनियनलाई अध्यक्ष भाग परेको छ । तर युनियन भित्र पुर्व अध्यक्ष डम्बरबहादुर अधिकारी , प्रेस युनियनका अध्यक्ष गाेरा मिया , पुर्व अध्यक्ष अमर राज नहर्की र महासंघका उपाध्यक्ष डिपी अधिकारीले दावी गरेपछि उम्मेदवारकाे टुंगो लाग्न नसकेको हाे । युनियनले अध्यक्ष सहित एक उपाध्यक्ष , काेशाध्यक्ष र सदस्य मात्रै पाउने भए पछि पदाधिकारीमा जान इच्छुक उम्मेदवारहरू भित्र समेत असन्तुष्टि रहेको देखिएको छ ।


यता अर्को गठवन्धनमा सामेल प्रेस चाैतारीकाे भागमा अध्यक्ष नपरेको र गठवन्धन गरेर ठुलो धाेका दिएर आफुलाइ अन्याय गरेको भन्दै चाैतारीकै पुर्व अध्यक्ष नारायण खड्का रुष्ट भएका छन् । उनलेे सामाजिक सञ्जाल मार्फत बिराेध समेत गर्दै बिद्रोह गरेर अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । यदि गठवन्धन भित्र त्यस्तो भएमा भ्वाङ पर्ने अनुमान केहीले गरेका छन् । चाैतारीले पनि गठवन्धन अनुसार भागमा परेको उपाध्यक्ष , सचिव लगायतको पदमा उम्मेदवार तय गर्न सकेको छैन । चाैतारीका अध्यक्ष बिबी श्रेष्ठले भाेली बिहान पार्टीका नेताहरू सहितको बैठकले उम्मेदवारकाे तय गर्ने बताए ।

यस्तै युनियनका अध्यक्ष गाेरा मियाले पनि उम्मेदवारकाे टुंगो लगाउन भाेली बिहान पार्टी कार्यालयमा छलफल गर्ने बताए ।

यता गठवन्धन भित्र चरम बिवाद देखिएपछि त्यसको लाभ लिएर चुनाव जितिन्छ भन्दै प्रेस सेन्टर हाैसीएकाे छ । सेन्टरका अध्यक्ष एसवी नेपालीले यसपटक गठवन्धन लाई ढलाउने गरि उच्च रणनीतिका साथ तयारी भइरहेको बताए । महासंघको यही मंसिर २८ गते निर्वाचन हुँदैछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page