महिला संघ संस्थापक अध्यक्ष सिंहकाे सयौं जयन्तीमा भिमादमा अन्तरक्रिया
नेपाल महिला संघका संस्थापक केन्द्रीय अध्यक्ष मंगलादेवी सिंहको १०० औं जयन्तीको अवसरमा तनहुँकाे भिमादमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको १०० दिने अभियान अन्तर्गत महिला संघ तनहुँकाे आयाेजनामा आयोजित उक्त कार्यक्रममा बोल्दै नेपाली काग्रेस महासमिति सदस्य सरिता गुरुङले तात्कालिन समयमा पनि आम महिलाहरुको हक हितका लागि लड्ने सिंहको साहस र अठोटबाट सम्पूर्ण महिलाहरुले प्रेरणा लिनुपर्ने बताइन् ।

कार्यक्रममा महासमिति सदस्य एवम् म्याग्दे गाउँपालिका निवर्तमान अध्यक्ष माया देवी राना ,महासमिति सदस्य पम्फा थापा , महाधिवेशन प्रतिनिधि आसा थापा , भानु नगरपालिकाका उपप्रमुख उमा गोतामे ,भिमाद ने का प्रदेश उप सभापति आनन्ददेव श्रेष्ठ , भिमाद न पा सभापति अर्विन श्रेष्ठ, व्यास नपा नेका उपसभापति शोभा बडु, जिल्ला सदस्यहरू ,क्षेत्रीयसभापति ,
नेपाल महिला संघ नगर सभापति रोमाया थापा लगायतका नेता तथा जनप्रतिनिहरूकाे उपस्थिती रहेको थियो ।
नेपाल महिला संघ जिल्ला अध्यक्ष पवित्रा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत महिला संघ जिल्ला काेशाध्यक्ष देवी सुवेदीले गरेकी थिइन् ।
























