तनहुँमा ४ दर्जन काङ्ग्रेस कार्यकर्ता माओवादीमा प्रवेश
तनहुँकाे ऋषिङ र आँबुखैरेनीबाट ४ दर्जन बढी काँग्रेस कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा आयोजित माओवादी केन्द्रको पालिका अधिवेशन र खबरदारीसभामा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले टीका र माला लगाएर स्वागत गरेका थिए । झापुटारमा श्यामला थापासहित २७ जना र आँबुखैरेनीमा पदम नेपालीसहित २५ जना पार्टी प्रवेश गरेको माओवादीले जनाएको छ ।
























