पत्रकार महासंघ तनहुँकाे अध्यक्षमा अधिकारी र खड्का भिड्ने
नेपाल पत्रकार महासंघ तनहुँकाे अध्यक्षमा काङ्ग्रेस एमालेकाे गठवन्धन बाट डिपी अधिकारी र प्रेस सेन्टरकाे समर्थनमा चाैतारीबाट बिद्रोह गरेर नारायण खड्काले उम्मेदवारी दिएका छन् ।

बुधबार सम्पन्न उम्मेदवारी दर्तामा गठवन्धन बाट उपाध्यक्षमा प्रताप राना रहेका छन् भने प्रेस सेन्टर बाट साने नेपालीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै महिला उपाध्यक्षमा गठवन्धन बाट सम्झना रसाइलीकाे उम्मेदवारी परेको छ । यस्तै समितिकाे सचिवमा गठवन्धन बाट कृष्ण न्याैपाने तथा सेन्टर बाट अस्मिता खनाल , सहसचिवमा सेन्टर बाट बिनाेद ढुंगाना तथा गठवन्धन बाट ऋषिकान्त दुवाडी रहेका छन् । यस्तै काेशाध्यक्षमा गठवन्धनबाट पुर्ण विके ले उम्मेदवारी दिएका छन् ।

यता खुल्ला सदस्यहरूमा बिकास खनाल , बिष्णु गाैतम , उपेन्द्र खनाल , राजेश्वर हड्खले , अशोक विक , सुनिता आचार्य , चित्र गुरूङ , मुना कालिराज विके , रामशरण नेपाली लगायत रहेका छन् ।
यस्तै केन्द्रीय परिषद सदस्यमा प्रदिप काफ्लेकाे उम्मेदवारी रहेको छ । महासंघकाे २८ गते सुक्रवार निर्वाचन हुँदैछ ।
























