प्रेस चाैतारीबाट विद्रोह गरेर अध्यक्ष उम्मेदवार बनेका खड्का एमालेबाट निस्कासित

प्रेस चाैतारीबाट विद्रोह गरेर अध्यक्ष उम्मेदवार बनेका खड्का एमालेबाट निस्कासित


पत्रकार महासंघ तनहुँकाे अध्यक्षमा उम्मेदवारी दिएका नारायण खड्कालाई नेकपा एमालेले कारबाही गरेको छ । प्रेस युनियन र प्रेस चाैतारीकाे गठवन्धनका बिरूद्धमा उम्मेदवारी दिएर पार्टीको निर्देशन विपरितकाे काम गरेको भन्दै पार्टीले उनलाइ निस्कासन गरेको हाे ।

नेकपा एमाले जिल्ला अध्यक्ष हरिराज कंडेलले निकालेको विज्ञप्तिमा जनाइए अनुसार प्रेस चाैतारी नेपाल केन्द्रीय लेखा आयाेगका सदस्य एवम् पार्टी संगठित सदस्य नारायण खड्काले पार्टी विधानको धारा ८० काे उपधारा ३ बमोजिम पार्टी हित एवम् निर्देशन विपरीतकाे क्रियाकलाप गरेको हुँदा बिधानकाे धारा ८१ काे उपधारा १ बमोजिम दुबै पदमा साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निस्कासन गरेको जनाइएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page