जन्मदिनको अवसरमा समाजसेवी कल्पना द्वारा बिद्यार्थीलाई न्यानो कपडा वितरण

जन्मदिनको अवसरमा समाजसेवी कल्पना द्वारा बिद्यार्थीलाई न्यानो कपडा वितरण

तनहुँकाे व्यास नगरपालिका वडा नं ६ शान्ति टोल बासथल स्थित शंकर आधारभूत विद्यालयका २६ जना विद्यार्थीहरूलाई समाजसेवी कल्पना गाैलीले न्यानो खेलकुद पोसाक वितरण गरेकी छन् ।

श्री अम्बे अलौकिक कृषि फार्म, व्यास–५, ढोडेनीका सञ्चालिका गौलीले आफ्नाे जन्मदिनको अवसरमा फजुल खर्च कटाएर बिद्यालयमा अध्यनरत बिद्यार्थीहरूलाइ न्यानो कपडा वितरण गरेकी हुन् ।

विद्यालय व्यवस्थापन समिति सदस्य समिक्षा शाहीकाे अध्यक्षतामा भएको सहयोग कार्यक्रममा व्यास–६ का वडाध्यक्ष जीवन गुरुङ कुमार प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि गुरुङले यस्ता कार्यक्रमहरू ग्रामीण क्षेत्रका विद्यालयहरूका लागि निकै आवश्यक र महत्त्वपूर्ण भएको बताए । शंकर आधारभूत विद्यालयको चयन गरि यहाँका बिद्यार्थीलाई पुरस्कार दिन आउनु ज्यादै उत्कृष्ट छनौट भएको भन्दै गुरूङले यस्ता कार्यक्रमहरूको सधै स्वागत गर्नुका साथै आगामी दिनमा पनि निरन्तरता पाउँ भन्ने अपेक्षा राखेको बताए ।
उक्त कार्यक्रमको समन्वय र सञ्चालन व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीले गर्दै “यसपटक सहयोगी हातहरू पाएपनि आगामी दिनहरूमा यस्तो कार्यक्रम म आफैंको प्रयासबाट गर्ने बताए । कार्यक्रममा सहयोगी कल्पना गौलीले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुका साथै सहभागी सबैलाई चकलेट समेत वितरण गरेकी थिइन् । गाैलीले विद्यार्थीहरूले नयाँ कपडा पाएर खुसी भएको देख्दा धेरै खुसी भएको बताइन् । मैले हरेक वर्ष कपडा र शैक्षिक सामग्री वितरण गर्दै आएको भन्दै उनलेे स्थान र परिमाण फरक हुन सक्ने बताइन् ।

बिद्यालयका प्रधानाध्यापक बाट स्वागत गरिएको उक्त सहयोग कार्यक्रममा सन्तोष जमरकट्टेल , लायन्स क्लब अफ तनहुं दमौलिका पुर्ब उपाध्यक्ष लायन महेन्द्र रिजाल लगायतको सहभागीता रहेको थियो ।

सहभागीहरूले यो वितरण कार्यक्रमले विद्यार्थी, अभिभावक र समुदायको मन छोएको छ। यस प्रकारका उदार कदमले मात्र बालबालिकाहरूलाई न्यानो बनाएको छैन, सहयोग र समुदायको महत्त्वबारे प्रेरणा पनि प्रदान गरेको बताएका थिए ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न सामूहिक प्रयासको महत्त्वलाई झल्काउँछ र ग्रामीण क्षेत्रका विद्यालयहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न प्रेरणा प्रदान गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page