दमाैलीमा महिला उद्यमी व्यापार प्रदर्शन एवम् प्रवर्द्धन मेला हुने

दमाैलीमा पहिलोपटक ३ दिने महिला उद्यमी व्यापार प्रदर्शन एवम् प्रबर्द्धन मेला हुने भएको छ । ११४ अाैं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला उद्यमी संघ नेपाल , तनहुँको आयोजनामा यही फागुन २५ गतेदेखि २७ गते सम्म अनसन चौतारी स्थित खुल्ला मैदानमा मेला हुने भएको हाे । उद्यमि महिलाहरूलाई प्राेत्साहन गर्ने र आत्मनिर्भर बनाउने उद्धेश्यले हुने प्रवर्द्धन मेलामा ५० हजार भन्दा बढीले अवलोकन गर्ने र मेला अवलोकन निशुल्क हुने आयाेजकले जनाएको छ ।

हस्तकला , घरेलु हाेजियारी , कृषि प्रदर्शनी , विभिन्न जातजातिको झाँकि , घरेलु खाना तथा अर्गानिक खानाका परिकारहरूकाे प्रदर्शनी , बित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम , महिलाहरूकाे आर्थिक , सामाजिक र कानुनी हक स्थापित गर्न चेतनामूलक कार्यक्रम , घरेलुु तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू द्वारा विविध सांस्कृतिक प्रस्तुति मेलाका मुख्य आकर्षणमा रहने महिला उद्यमी संघ नेपाल तनहुँले जनाएको छ । यस्तै मेलाको मुख्य आकर्षणमा तनहुँकै चेलीहरू प्रिती आले र कला लम्सालकाे बेजोड प्रस्तुति रहने भएको छ ।
मेलाको प्रवर्द्धकमा व्यास नगरपालिका , संरक्षकमा महिला उद्यमी महासंघ नेपाल , तनहुँ उद्योग बाणिज्य संघ रहेका छन् भने समन्वयमा तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाई रहेकाे छ । यस्तै मेलाको सह आयाेजकमा तनहुँ उद्योग बाणिज्य संघ महिला उद्यमी बिकास समिति , महिला उद्यमी संघ नेपाल , दमाैली , डुम्रे , बन्दीपुर र शुक्लागण्डकी इकाई समिति रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page