सांसद वाग्लेकाे पहलमा केशवटारका २ सय ३२ जना बिद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण

सांसद वाग्लेकाे पहलमा केशवटारका २ सय ३२ जना बिद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण

हेलम्बु एजुकेशन एण्ड लभ्लि हुड ( हेल्प) को सहयोगमा व्यास नगरपालिका वडा नं. १४ को श्री केशवटार माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । तनहुँ जिल्ला क्षेत्र नं. १ का संघिय सांसद एवम् रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेल्पले प्ले ग्रुप देखि कक्षा आठ सम्मका विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री सहितको झोला र कक्षा ९ र १० का बिद्यार्थीहरुलाई क्यालक्युलेटर प्रदान गरिएको हाे ।

उक्त अवसरमा सांसद डा. वाग्लेले शैक्षिक वातावरण राम्रो नभएको कारणले थातथलो छोडेर बाहिर जाने संस्कार बढ्दै गएकाले गाउँमा नै शिक्षा, स्वास्थ्यमा आधारभुत आवश्यकता पुर्ति गरी गाउँघर मै रहेर केही इलम गर्छु भन्नेलाई बस्नसक्ने वातावरण सरकारले बनाउन पहल गर्नुपर्ने बताए ।
व्यास नगरपालिकाकै अभिन्न अंग भएर पनि बाटोघाटो लगायतका विभिन्न कुराहरुमा पछाडि परेको केशवटारको विकासको लागि सांसदको तर्फबाट खेल्न सक्ने भुमिका खेल्न सक्दो मेहनत गर्ने वाग्लेको भनाइ थियो ।
कार्यक्रमका बिशिस्ट अतिथि व्यास नपा वडा नं. १४ का अध्यक्ष काजिमान श्रेष्ठले लामो समयदेखि पिचको प्रतिक्षा गरिरहेको दमौली केशवटार मार्गको पिचको लागि सांसदको तर्फबाट भुमिका खेल्न सांसद डा. स्वर्णिम वाग्लेलाई आग्रह गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेलम्बु एजुकेशन एण्ड लभ्लि हुड ( हेल्प) का अध्यक्ष जिमी लामाले अर्थविद् एवं यस क्षेत्रका सांसद डा. स्वर्णिम वाग्लेको पहलकदमीमा आफु यस विद्यालयमा आएको र आउदा दिनहरुमा पनि आफ्नो संस्थाले अझै सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि डा. स्वर्णिम वाग्ले,वडा नं. १४ का अध्यक्ष काजिमान श्रेष्ठ र हेलम्बु एजुकेशन एण्ड लभ्लि हुड ( हेल्प) का अध्यक्ष जिमी लामाले उक्त विद्यालयमा अध्ययनर प्लेग्रुपदेखि ८ सम्मका २३२ जना विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरेका थिए । कार्यक्रममा वडा नं. १४ का वडा सदस्यहरु दुर्गा आले, नरिमाया थापा लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page