आँबुखैरेनीकाे छिम्केश्वरी सहकारीको अध्यक्षमा कृष्णमान तामाङ्ग चयन
तनहुँकाे आँबुखैरेनी ३ स्थित श्री छिम्केश्वरी माई उपभोक्ता सहकारी संस्थाको चाैंथो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । रोयल्स होम रिसोर्टमा सम्पन्न प्रथम अधिवेशनले कृष्णमान तामाङ्गकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

यस्तै संस्थाको उपाध्यक्षमा रेजिना श्रेष्ठ, सचिवमा ओमकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश अधिकारी तथा सदस्यहरुमा मनोज श्रेष्ठ, पुष्प कुमार श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, प्रसाद श्रेष्ठ, रञ्जित श्रेष्ठ, खुनमाया गुरुङ्ग, कुमार थापा, लोक बहादुर गुरुङ्ग र राजेन्द्र कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएको सहकारीले जनाएको छ ।

























