चन्द्रावती मावि चुँदीकाे वार्षिकोत्सब सम्पन्न

चन्द्रावती मावि चुँदीकाे वार्षिकोत्सब सम्पन्न


तनहुँकाे भानु ७ स्थित जिल्लाकै दोस्रो माध्यमिक विद्यालय चन्द्रावती मावि चुँदीको ६१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सनिवार सम्पन्न भएको छ ।
वार्षिकोत्सब कार्यक्रमकाे प्रमुख अतिथि काठमाडौं ६ का प्रतिनिधिसभा सदस्य एवं पुर्व शिक्षामन्त्री शिशिर खनालले उद्घाटन गर्दै शिक्षा र मानव जीवनको सम्बन्ध, देश विदेशका अनुभव तथा व्यवसायिक शिक्षाका विविध आयामहरूका वारेमा चर्चा गरेका थिए । प्रमुख अतिथि खनालले चन्द्रावती माविको शैक्षिक उन्नयनका हरेक पक्षमा आँफू सारथीको रूपमा रहने प्रतिवद्धता जनाएका थिए ।

यस्तै कार्यक्रममा भानु नगरपालिकाका उपसचिव (नगर शिक्षा अधिकारी) ध्रुवराज पौडेलले भानु नगरपालिकाले शैक्षिक उन्नयनका लागि गरेका प्रयासहरूका बारेमा चर्चा गर्दै प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्ने मूलभुत विषयहरूका बारेमा प्रमुख अतिथि माननीय शिशिर खनाल मार्फत प्रतिनिधिसभालाई ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा पुर्व प्रअ तथा शिक्षाविद् विद्यानाथ ढकालले बालबालिकाको पढाइ र हेरचाहमा अभिभावकको दायित्व र अक्षयकोषको बहुउपयोग र प्रभावकारिताका बारेमा बाेलेका थिए ।
विव्यस अध्यक्ष तिलकबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सञ्जीव रिजाल र राजेश खनाल लगायतले बाेलेका थिए ।
उक्त अवसरमा प्रधानाध्यापक प्रेमनाथ ढकालले बिद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा ग्रीन आर्मीका विद्यार्थीबाट परेड र सम्मान गारथ , दाताहरूबाट अक्षयकोषको घोषणा, शिक्षक/कर्मचारी सम्मान ,अक्षयकोष दाताहरूलाई सम्मान ,
विद्यालयका शैक्षिक सत्र २०४५ का ब्याची पुर्व विद्यार्थीहरूबाट गुरूवर्गलाई सम्मान, २ लाखको विद्यार्थी उपचार अक्षयकोष घोषणा र एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको थियो ।

यस्तै विद्यालयको विकास र समुन्नति, गरीब तथा जेहेन्दार बालबालिकालाई सहयोग, हौसला र प्रोत्साहनका लागि छात्रवृत्ति तथा शिक्षक कर्मचारी प्रोत्साहनका लागि विभिन्न दाताहरूद्वारा आजमात्रै रू. १३,६३,२०३ रकम अक्षय कोषको रूपमा जम्मा भएको छ । यस्तै प्रअको प्रतिवेदन अनुसार यस पुर्व विद्यालयमा रू २२,३२,६५५ बराबरको कोष रहेकोमा आज थप भएको रकम जोड्दा अक्षयकोष रकम जम्मा रू ३५,९५,८५८ (अक्षरूपी पैंतीस लाख पन्चान्नब्बे हजार आठसय अन्ठाउन्न) पुगेको बिद्यालयले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page