गाउँ बेशी युवा क्लब ऋषिङ्ग द्वारा बिद्यालयलाई १९ थान भित्ते घडी सहयोग

गाउँबेशी युवा क्लव ऋषिङ्ग -१ कोईदिमले बिद्यालयलाई १९ थान घडी सहयोग गरेको छ ।
साेही वडाको अमर मा.वि. ऋषिङ-१,कोईदिममा केहि दिन पहिला १२ थान भित्ते घडी र आज भाष्कर प्रा.वि. ऋषिङ-१,कोईदिममा ७ थान गरि १९ थान भित्ते घडी सहयोग वितरण गरिएको क्लवका अध्यक्ष रिमबहादुर आलेले बताए ।

क्लवले दसैंमा गरेको बिविध सांस्कृतिक कार्यक्रमबाट बचत गरेको पैसा बाट बिद्यालयलाई घडी सहयोग गरेको अध्यक्ष आलेले बताए । अमर माविमा प्रअ कर्मसिंह थापालाई अध्यक्ष आलेले र भाष्कर प्राविमा प्रअ चुरबहादुर आलेलाइ क्लवका सचिव धनबहादुर आलेले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

























