अरूण पाैडेल सहित ५ एसएसपी डिआइजीमा बढुवा
नेपाल प्रहरीका पाँच एसएसपीलाई डीआईजीमा बढुवाका निम्ति गृहमन्त्रालयले ५ जनालाई सिफारिस गरेको छ ।

सिफारिस हुनेहरूमा अरूण पाैडेल , ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य र गोविन्द थपलिया छन् । पाँचै जना २०५४ चैत १८ मा नेपाल प्रहरीको इन्स्पेक्टर दर्जाबाट सेवा प्रवेश गरेका हुन् । बढुवा भएका मध्ये अरूण पाैडेल एसपी हुँदा तनहुँ बसेका थिए ।

























