व्यास नगर प्रथम मेयर कप भलिबलको उपाधि व्यास ६ लाइ !
व्यास नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप २०८१ भलिवल प्रतियोगिताको उपाधि व्यास नगरपालिका वडा नं ६ ले जितेको छ। सनिवार सम्पन्न फाइनल खेलमा वडा नं ६ ले वडा नं १३ लाई ३- २ को सेटले जित्न सफल भएको हाे ।

विजेता भए सँगै वडा नं- ६ ले नगद ३७ हजार ५ सय रूपया , कप , मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगितामा वडा नं- १३ उपविजेता भए सँगै नगद २२ हजार ५ सय कप , मेडल र प्रमाणपत्र प्राप्त गऱेकाे छ । त्यसै गरि प्रतियोगितामा सन्त्वना वडा नं १४ र वडा नं ५ भए । ती वडाका खेलाडीहरुले नगद १०/ १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा वडा नं- १३ का राजिव आले उत्कृष्ट खेलाडी घोषित भए भने अनिल श्रेष्ठ उत्कृष्ट स्पाइकर घोषित भए। प्रतियोगितामा विजयी खेलाडीहरुलाई व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरेका थिए । ११ टिमको सहभागीता रहेको प्रतियोगिता सुक्रवार र सनिवार भएको हो । व्यास नगर खेलकुद समितिका संयोजक एवं वडा नं- ६ का वडा अध्यक्ष कुमार गुरुङको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रमको सहजिकरण व्यास नगर शिक्षा अधिकारी केदार आचार्यले गरेका थिए
























