लमजुङ प्रहरीको सफलता – अबैध १ सय १२ हातहतियार बरामद
लमजुङ प्रहरीले अवैध तरिकाबाट राखिएका हातहतियार नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

विगत पाँच वर्षदेखि नवीकरण हुन नसकेका र अवैध तरिकाबाट राखिएका हातहतियार संकलन गरेर जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको हो।

हातहतियार बुझाउने सम्बन्धी सूचनाअनुसार लमजुङमा १ सय १२ वटा हातहतियार संकलन गरिएको प्रहरीले जनाएको छ। साथै यसै सन्दर्भमा कोही कसैसँग त्यस्ता अवैध किसिमका हातहतियारहरु रहेको छन भने जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन समेत प्रहरीले अनुरोध गरेको छ ।
























