बैरेनी खानेपानीको अध्यक्षमा ऋषिराम ढुङ्गाना चयन

बैरेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समिती ब्यास न.पा.वडा न.१० वैरेनी तनहुँको १२औ बार्षिक साधरण एवं पाचौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ऋषिराम ढुङ्गाना (सेवक) को नेतृत्वमा ९ सदस्यीय उपभोक्ता समिती निर्वाचित गरेको छ । समितिकाे उपाध्यक्षमा भक्त बहादुर कामी , सचिवमा राममणि साखी , कोषाध्यक्षमा लक्ष्मी परियार चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा एलिजा खत्री , माधौ पौडेल , निर्मला पौडेल , टेकनाथ दरै , मनमाया वोटे चयन भएका छन् भने लेखा समिती संयोजकमा श्रीराम कुवर तथा सदस्यहरूमा रघुनाथ खनाल र पदमराज काफ्ले रहेका छन् । त्यसअघि अधिवेशनकाे ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गरेका थिए ।

























