भूमि आयाेगमा राष्ट्रपतिले सिलवाललाई सिफारिस गरेपछि तनहुँ काङ्ग्रेसमा खैलाबैला
तनहुँ भूमि आयोगकाे अध्यक्ष काङ्ग्रेसको भाग परेपछि काे बन्ने वा कसलाई बनाउने भन्ने बिषयले ठुलै रणाकाे मच्चाएको छ । जिल्लामा नेताका अपुङ्गे गुट हुँदा यस्तो अवस्था आएकाे काङ्ग्रेस कार्यकर्ताहरू बताउँछन् । राष्ट्रपति रामचन्द्र पाैडेल देखि शंकर भण्डारी , बैकुण्ठ न्याैपाने लगायत जिल्लाका नेताहरू समेतले आँफु अनुकूलको व्यक्तिलाई अध्यक्ष बनाउन लागि पर्दा यस्तो अवस्था आएकाे हाे । यसै सन्दर्भमा आफु निकट लाई अध्यक्ष बनाउन राष्ट्रपति रामचन्द्र पाैडेलले हस्तक्षेप गरेको समाचार बाहिरिएपछि पार्टी भित्र सनसनी मच्चिएको छ । भुमि आयाेगमा समेत शीतल निवासले हस्तक्षेप गरि सिफारिस गरेपछि तनहुँ काग्रेस भित्र खैलाबैला भएको मात्रै हाेइन सम्भावनामा रहेका र लामो समय पार्टीमा याेगदान दिएका नेताहरू समेत आक्राेसीत भएका छन् ।
अध्यक्ष हुन सुरुदेखि पार्टी भित्र बाट भानुका गाेविन्द ढकाल , बन्दीपुरका रेशम गुरूङ , भानुका गाेविन्द सिलवाल , भिमादका पुष्प पराजुली र लक्ष्मी आचार्यकाे नाम चर्चामा आएकाे थियो ।

ती मध्ये आचार्य भानुकाे भावी मेयर या पार्टीको सभापतिमा इच्छा राखेकाले यसमा आश गर्दा नपाएको खण्डमा जतापनी भाग खाेज्छ भन्ने पर्ने र नम्बर घट्ने साेचेर व्याक भएको चर्चा छ । यस्तै पुष्प पराजुलीकाे सुरुमा बलियो सम्भावना देखिएको भए पनि काङ्ग्रेसकाे आमन्त्रीत केन्द्रीय सदस्य भए पछि सम्भावना सकिएको छ । नेता शंकर भण्डारीलाई चुनावमा सहयोग गरेको र उनकै हातबाट टिका लगाएको तर जयराज आचार्यलाइ बाेलाएर बिपी काङ्ग्रेस काे कार्यक्रम गरेको अस्थिर नेता भनी उनिमाथी आराेप छ । त्यसको एक हप्ता पछि पाटि प्रवेश गरेका पराजुली अहिले आमन्त्रीत केन्द्रीय सदस्य बनेका हुन् । उनलाई सुरुमा भण्डारी सहित राजेन्द्र कृष्ण श्रेष्ठ र जितप्रकाश आले लगायतले सिफारिस गरेको चर्चा थियो ।
यस्तै अर्का नेता गाेविन्द ढकाल पार्टीको जिल्ला सदस्य एवम् केन्द्रीय कार्यालयमा लामो समय सचिवालय हेरेका व्यक्ति हुन् । ढकाललाई अध्यक्ष बनाउन खासगरी केन्द्रीय सदस्य गाेविन्द भट्टराईकाे लवीङ रहेको र मन्त्री प्रदिप पाैडेल ,बैकुण्ठ न्याैपाने लगायतको सहानुभूति रहेको उनी निकटले दावी गरेका छन् ।
यता अर्का चर्चामा रहेका नेतामा पुर्व काेशाध्यक्ष रेशम गुरूङ रहेका छन् । गुरूङलाइ तत्कालीन समयमा पाैडेलले काेशाध्यक्ष बनाएपनी अहिले सुमधुर सम्बन्धमा केही कमी आएकाे हाेकी भन्ने चर्चा छ । गुरूङलाइ गृहमन्त्री रमेश लेखक तथा परराष्ट्र मन्त्री आरजु राणाको समर्थन रहेको बताइएको छ । गृहमन्त्री लेखकले त यसमा राष्ट्रपति पाैडेलले हस्तक्षेप नगरे तपाईं नैँ हाे भनेर ढाडस दिएको समेत गुरूङ निकट एक नेताले बताए । यी सबै परिस्थितिका बाबजुद राष्ट्रपति पाैडेलले गाेविन्द सिलवाललाई सिफारिस गरेको खबर बाहिरिएपछी सनसनी मच्चिएको हाे ।

मन्त्री देखि सामान्य कर्मचारि नियुक्तिमा समेत भाग खोज्दै आएका राष्टपति पौडेलले गृहजिल्ला तनहुँमा भूमि आयोगको अध्यक्षमा समेत व्यक्ति ताेकेर नियुक्त गर्न सिफारिस गरेकाे भन्दै असन्तुष्टि बढेको छ ।
तनहुँको भानु १० चोक चिसापानिका पुर्व गृह मन्त्री गोबिन्दराज जोशिका निकट गोविन्द सिलवाललाइ भूमि आयोगको जिल्ला अध्यक्ष बनाउन राष्टपति पौडेलले सिफारिस गरेपछि तनहुँका काङ्रेसि कार्यकर्ता हरु चकित भएका छन् । योग्य र इमान्दार थुप्रै नेतालाइ पन्छाएर द्धन्द्धकालमा पार्टीको कृयाशिल सदस्यता समेत नविकरण नगर्ने सिलवाललाई राष्टपति पौडेलले अध्यक्ष बनाउन सिफारिस गरेपछि तनहुँ काग्रेसमा खैलाबैला मच्चिएको हाे । सिलवाल काग्रेसको कुनै कार्यक्रममा उपस्थित नहुने, पुर्काेट आसपास आँफुले सदस्यता नविकरण नगर्ने र अरूलाई पनि नगर्न उक्साउने गरेको उनिमाथी आराेप छ ।
राष्टपति पौडेललाइ तनहुँको राजनीतिमा साथ र सहयोग गर्दै आएका थुप्रै कार्यकर्ताहरुलाइ वास्ता नगरि सिलवाललाइ अध्यक्ष बनाउन पौडेलले देखाएको रुचि अस्वाभाविक र अपारदर्शी रहेको तनहुँ काग्रेसका एक नेताले बताए ।
यसअघि पनि पौडेलले आफ्ना पूर्व निजि सहयोगी रामचन्द्र अधिकारीलाइ भूमि आयोग तनहुँको अध्यक्ष बनाएका थिए । तर यता राष्ट्रपतिले सिफारिस गरेका गाेविन्द सिलवाल जाेशीकाे लाइन छाेडेर शंकर भण्डारी लाइनमा गएको समेत चर्चा छ । भण्डारीले नेताहरू रघुनाथ पाैडेल ,उदयराज गाैली लगायतलाई मनाइ भित्री उम्मेदवार आफ्नाे बनाउने र राष्ट्रपति तिर देखाउने गरेर चाल चालेको समेत एकथरी काङ्ग्रेसको टिप्पणी छ । यस सम्बन्धमा सितल निवास भने असन्तुष्ट देखिएको छ । सितल निवासलाई एकथरीले बिवादमा ल्याउन याे सबै प्रपाेगाण्डा चलाइएको भन्दै सितल निवास असन्तुष्ट बनेको हाे ।
यस सम्बन्धमा अध्यक्षकाे चर्चामा रहेका गाेविन्द ढकाल सँग सम्पर्क गर्दा पार्टीमा याेगदान दिएको आधारमा न्यायाेचित निर्णय हुनेमा बिश्वस्त रहेको प्रतिक्रिया दिए ।
























