जामुने नेवा गुठी दमौलीकाे ११ औ साधारणसभामा अग्रजहरूलाइ सम्मान:

जामुने नेवा गुठी समाज दमौलीकाे ११ औ साधारणसभाकाे अवसरमा अग्रजहरूलाइ सम्मान गरिएको छ ।
२०६९ सालमा स्थापना भएको गुठीका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ , पुर्ब अध्यक्ष श्यामलाल श्रेष्ठ , मानकाजि श्रेष्ठ , तिर्थ कुमार श्रेष्ठ र जुननारायण श्रेष्ठ लाई सम्मान गरिएको गुठीका अध्यक्ष पोष्ट मान श्रेष्ठले बताए । संस्थालाई यहाँसम्म ल्याउनका लागि उहाँहरूले पुर्याउनुभएकाे याेगदानकाे उच्च मुल्यांकन गर्दै कदर पत्र तथा सम्मानपत्रले सम्मान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । पुर्व अध्यक्ष हरू सँगै
लाखेबाजा संयोजक, प्रशिक्षकहरू र परीक्षार्थीहरूलाई समेत सम्मान गरिएको उनलेे बताए । व्यास नगरपालिका वडा नं ५ स्थित पाटनमा भएको साधारणसभामा संस्थाको आयब्याय सँगै साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।






































