म्याग्देमा आजदेखि घुम्ती शिविर संचालन !


तनहुँकाे म्याग्दे गाउँपालिकामा आजबाट घुम्ती शिविर संचालन भएको छ । गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सार्वजनिक सेवाहरुमा जनताको सहज पहुँचको लागि एकिकृत घुम्ती शिविरको आयाेजना गरिएको हाे । घुम्ती शिविरकाे पहिलो दिन म्याग्दे ३ किलचोक बाट सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ ।
फाल्गुण २१ गते देखि चैत्र ८ गते सम्म संचालन हुने एकीकृत घुम्ति शिविर पालिकाको सवै वडाका विभिन्न टोलमा संचाल हुनेछ ।



जस अन्तरगत आज र भाेलि वडा नं ३ मा , २३ र २४ गते वडा नं ४ मा, २७ र २९ गते वडा नं ५ मा, फाल्गुण ३० र चैत्र १ गते वडा नं ६ मा, चैत्र २ र ४ मा वडा नं ७ मा, चैत्र ५ र ६ गते वडा नं १ मा र चैत्र ७ र ८ गते वडा नं २ मा शिविर संचालन हुने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
पालिकाले यस अगाडि ०७९ सालमा पनि एकीकृत घुम्ति शिविर संचालन गरेको थियो । घुम्ती शिविरको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा उपाध्यक्ष बालकृष्ण घिमिरेले शुभारम्भ गरेका थिए । उक्त अवसरमा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , वडा नं ३ का अध्यक्ष टुकराज अधिकारी लगायतको सहभागीता रहेको थियो ।






































