पराशरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न:

पराशरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न:

नेपाल जुनियर/ युवा रेडकस स्थापना दिवस फागुन २२ को अवसरमा फागुन २१ गते नेशनल एपोलो हस्पिटल प्रा.लि. दमौली तनहुँको प्राविधिक सहयोग तथा युवा रेडकस सर्कल श्री पराशर माध्यमिक विद्यालय व्यास ५ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल युवा रेडक्रस सर्कल पराशर मा.वि.का अध्यक्ष विष्णुमाया थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठले ब्यानर र रेडक्रसका प्रमुख सात सिद्धान्त पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि श्रेष्ठले मानव सेवा नै सबैभन्दा ठुलाे धर्म भएकाे कुरा उल्लेख गर्दै कार्यक्रममा प्राविधिक सहयाेग गर्नुहुने नेशनल एपोलो हस्पिटल प्रति धन्यवाद व्यक्त गरे ।
नेसनल एपोलो हस्पिटलका प्रबन्ध निर्देशक चुडामणी दाहालले आफू विद्यार्थीकालदेखि नै रेडक्रसमा आबद्ध भई समाजसेवामा लागेको र युवा रेडक्रस सर्कल पराशर मा.वि.ले गरेको यस कार्यक्रममा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्री र अभिभावक शिक्षक संघका अध्यक्ष नरबहादुर आलेले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै सहयोगी प्रति हार्दिक धन्यवाद व्यक्त गरेकाे उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
कुल २४३ जनाको रक्त समूह पहिचान तथा स्वास्थ्य परीक्षण गरिएकाे उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवं नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने शिक्षक नायक मञ्जु खनालले कार्यक्रमको सञ्चालन गरेकि थिइन् ।

कार्यक्रममा विशेष सहयोग गर्ने एपोलो हस्पिटल प्रा.लि. प्रति बिद्यालयले धन्यवाद एवम् आभार व्यक्त गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page