चर्को आवाज निकाल्ने माेटरसाइकललाइ तनहुँ ट्राफिककाे कारबाही !

चर्को आवाज निकाल्ने माेटरसाइकललाइ तनहुँ ट्राफिककाे कारबाही !

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले साइलेन्सर फेरेर चर्को आवाज निकाल्ने मोटरसाइकल लाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले बजार क्षेत्रमा चेकिङ राखेर ध्वनी प्रदूषण गरेर गुड्ने मोटरसाइकल , जेब्रा क्रसिङमा पार्क गर्ने, साईलेन्सर (मोडिफाई) परिवर्तन गर्ने र सिट क्षमता भन्दा बढी सिट थप्ने सवारीलाई कारबाही गरेको हाे ।

मोटरसाइकलको चर्को आवाजका कारण ध्वनी प्रदूषण भएको जनगुनासो आएपछि  साइलेन्सर तथा अरू भाग परिवर्तन गरी आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही गरिएको तथा तुरुन्तै अर्को फेर्न लगाइएको कार्यालयले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page