व्यास पराशर पार्क नगरपालिकालाई हस्तान्तरण:

व्यास पराशर पार्क नगरपालिकालाई हस्तान्तरण:

नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई, कास्कीले ” व्यास पराशर पार्क, दमौली ” व्यास नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
व्यास नगरपालिका प्रमुखको कार्यकक्षमा आयोजना प्रमुख सरोज पौडेलले व्यास- ५ वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ (हिमाल) को रोहबरमा व्यास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीलाई पार्क हस्तान्तरण गरेका हुन् ।
उक्त पार्कको कुल लागत पहिलो चरणमा भ्याट बाहेक रु २ करोड ६६ लाख १७ हजार ,५ सय ७५ र दोश्रो चरणमा ३० लाख ,५२ हजार ,६ सय ३३ रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page