माघ ११ गते हुने लायन्स गजल साँझको तयारी तिव्र
लायन्स क्लव अफ तनहुँ भानुभक्तको आयोजनामा हुने लायन्स गजल साँझकाे तयारी तिव्र पारिएको छ ।
माघ ११ गते दमौलीको सभागृह हलमा हुने गजल साँझ कार्यक्रमकाे तयारी तिव्र पारिएको क्लवका अध्यक्ष लायन हर्षमान श्रेष्ठले जानकारी दिए ।

पिछडिएको सिमान्तकृतवर्ग र प्राकृतिक तथा दैविप्रकोपवाट प्रताडित समुदायलाई विभिन्न माध्यमवाट सहयोग गर्दे आएको लायन्स क्लव अफ तनहुँ भानुभक्तले कोष निर्माण गर्ने अभिप्रायले गजल साँझ गर्न लागेको हाे ।

वरिष्ठ गजलकार तथा गायक श्री प्रदिप रोदन र राज सिग्देलले कार्यक्रममा गजल प्रस्तुत गर्नेछन् ।समुदायमा रहेका विपन्न वालवालिकाहरुको सहज पठनपाठनमा सहयोग गर्ने, वालवालिकाको पोषण अभिवृद्धि गर्ने तथा लायन्स क्लव अफ तनहुँ भानुभक्तको नाउमा अक्षय कोष खडा गर्ने उद्येश्यका साथ गजल साँझ गर्न लागिएको क्लवका पुर्वअध्यक्ष एवं एक्जुकेटिभिज चिफ लायन्स सुरेन्द्र पौडेलले वताए ।
लायन्सले स्रष्टा अनि सर्जकको सम्मान् तथा विपन्न वर्ग बालबालिकाहरुको सहयोगार्थ लायन्स क्लब अफ् तनहुँ भानुभक्तको आयोजनामा प्रसिद्ध गजलकार प्रदिप रोदन प्रसिद्ध गायक राज सिग्देल एवम् गायक नवराज थापाको मुख्य प्रस्तुती रहेको गजल साँझमा सहभागी हुन सबैमा आग्रह गरेको छ ।
























