म्याग्दे ७ मा शिवलिङ्ग भेटियो:

म्याग्दे ७ मा शिवलिङ्ग भेटियो:

तनहुँकाे म्याग्दे गाउपालिका वडा न ७ पयर स्थित नावरूङ ठूलो पहराको सिद्दगुफामा शिवलिङ्ग भेटिएको छ । उक्त शिवलिङ्गमा गाईको दुधले सेचन भई रहेको दृष्य देखिँदा स्थानिय अचम्मित भएका छन् । गुफाभित्र अवलोकन गर्दा शिवलिङ्ग , गणेश , नाग , शंङ्ख लगायत विविध प्राकृतिक अ‍ाकृतिहरू देखिएको स्थानीय श्रीभद्र आचार्यले बताए ।

उक्त स्थानमा महाशिवरात्रिको दिन आज रूद्रि लगाई हाेमन गरि शिवलिङग प्रतिस्थापन गर्ने र रात्रि बत्ति बालि जाग्रम बस्ने निर्णय भएको समेत आचार्यले बताए ।
स्थानीयले ठुलोपहरामा अवस्थित शिध्देश्वर महादेवको स्तुति , अ‍ाराधना , भजनकीर्तनका साथ रूद्री लगाउने लगायतको कार्यक्रम रहेको हँदा धर्मानुरागी संपूर्ण महानुभावहरूलाई पूजासामग्री सहित बिहान उपस्थित हुन र उक्त अलाैकिक दृश्यकाे दर्शन गर्न सबैमा आव्ह्वान गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page