लियो क्लव तनहुँ द्वारा शुक्ला माविमा सेनेटरि प्याड वितरण:

लियो क्लव अफ तनहुँले शुक्ला मावि ऋषिङ लाई सेनेटरि प्याड वितरण गरेको छ । ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लियो कलब अफ तनहुँ को आयोजनामा ऋषिङ्ग-१,झापुटार स्थित शुक्ला मा. वि. मा सेनिटरी प्याड वितरण तथा सचेतना कार्यक्रम गरिएकाे लियो राजेश क्षेत्रीले बताए ।

क्लबकी अध्यक्ष लियो वसन्ती थापाको अध्यक्षतामा भएको कार्यक्रममा ऋषिङ्ग गाउपालिका वडा न १ का अध्यक्ष कुश बहादुर थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५एल नेपालका चिफ PRO लायन सुरेन्द्र पौडेल , रिजन F का कोर्डिनेटर लायन कृष्णहरि गैर्हे, श्रीभद्र खनाल , बिद्यालय ब्यवस्थापन समितिक अध्यक्ष , प्र अ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लायन सुरेन्द्र पौडेल तथा दमौली अस्पतालकि नर्सिङ इन्चार्ज मोनिका परियारले महिना वरि समबन्धी आवस्यक ज्ञान र अन्य जनचेतना प्रदान गरेका थिए । कार्यक्रममा ३ सय भन्दा बढी बिध्यार्थी हरुलाई प्याड बितरण गरिएको क्षेत्रीले बताए ।
कार्यक्रमलाई लियो सिम्रन चन्द शाहीले सेनेटरि प्याड सहयोग गरेकि क्लवले जनाएको छ । सहयोग कार्यक्रममा क्लबका स्वास्थ्य सँयाेजक लियो राजेश क्षेत्री , क्लबकी सदस्य लियो भुमिका खत्रि , लियो मुकेश बिडारी लगायतको सहभागीता रहेको थियो ।





































