लाइटरबाट आगाे सल्केर जल्दा ऋषिङमा ५ वर्षिय बालकको मृत्यु:

तनहुँको ऋषिङ गाउँपालिका वडा नं ६ दाउन्नेमा आगलागीमा परेर शुक्रबार पाँच वर्षका एक बालकको मृत्यु भएको छ । आगलागीमा परी रिखिराम थापाकाे नाति बर्ष ५ को शिशिर थापाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

स्थानीय रिखिराम थापामगरको घरमा कोही नभएका बेला  गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी हुँदा निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले  जानकारी दिए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page