आँबुखैरेनीकाे दोस्रो अध्यक्ष कप भलिबलको उपाधी वडा नं.३ लाइ

आँबुखैरेनीकाे दोस्रो अध्यक्ष कप भलिबलको उपाधी वडा नं.३ लाइ

तनहुँको आँबुखैरेनी गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. ३ ले जितको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई २–० को सोझो सेटमा पराजित गर्दै वडा नं. ३ ले दोस्रो अध्यक्ष कपको उपाधी जितेको हो । जित सगैं वडा नं. ३ ले नगद रु. २५ हजारका साथै ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपविजेता टिम इलाका प्रहरी कार्यालय आँबुखैरेनीले नगद रु. १५ हजारका साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


प्रतियोगितामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका मुकेश श्रीष बेस्ट स्पाईकर, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका दल बहादुर रेश्मी बेस्ट सेटर, वडा नं. ६ “ए” का बिक्रम गुरुङ्ग बेस्ट ब्लकर र वडा नं. ३ का गोर्कण थापा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । आँबुखैरेनी–३, स्थित रामशाह माविको प्राङ्गणमा गत माघ १७ गतेबाट संचालित पालिका स्तरीय भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिइन् ।


प्रतियोगिताका बिजेता तथा उपविजेता टिम एवंम उत्कृष्ट विभिन्न विद्याका खेलाडीहरुलाई आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, वडा नं. १ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रेम तमु, वडा नं. ३ का वडा अध्यक्ष दिनेश के.सी, वडा नं. ५ का वडा अध्यक्ष सन्तोष गुरुङ्ग, वडा नं. ३ का वडा सदस्य राजु थापा लगाएतले पुरस्कार वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page