रामज्याेति कप फुटबलको उपाधि निर्मल मावि भादगाउँलाई

रामज्याेति कप फुटबलको उपाधि निर्मल मावि भादगाउँलाई

दमौलीमा सम्पन्न दोस्रो रामज्योति कप फुटबल प्रतियोगिताको उपाधि निर्मल मा.वि.भादगाउँले जितेको छ । उपाधि जितेसँगै निर्मलले नगद ३५ हजार ५ सय ५५ सहित मेडल ट्रफी र  प्रमाण पत्र प्राप्त गऱेकाे छ ।
निर्मल मा.वि. ४-१ ले वराही मावि फराकचौरलाई पराजीत गर्दै पहिलो भएको हाे । व्यास नगरपालिका वडा नं ४ मा रहेको राम ज्योति इङ्ग्लिस बोर्डिङ  स्कुलको आयोजनामा गत माघ १५ गते बाट सुरु भएको प्रतियोगितामा बाराही मा. वि. उप विजेता बने सँगै १८ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल ट्रफी र  प्रमाण पत्र गर्न सफल भयो ।

प्रतियोगितामा निर्मल मा. वि. का सुनिल परियार उत्कृष्ट गोलकर्ता घोषित भए ।सत्यवती मा. वि. का सुमित राना वेष्ट डिफेण्डर घोषित भएका खेलकुद संयोजक अनिल न्यौपानेले बताए ।विजयी खेलाडीहरुलाई वडा नं ३ का वडाअध्यक्ष अनुप राना, नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष दिपेन्द्र बहादुर चौहान,  नेशनल प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनाल, नेपाल पुस्तक तथा स्टेसरी व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठ, व्यास ४ का वडा सदस्य सरोज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसुन्धरा घर्ती , विद्यालयका प्रिन्सिपल विपिन गौली लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा व्यास नगरपालिका भित्रका १६ विद्यालयका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो । 

विद्यार्थी हरूमा फुटबल खेलप्रति अभिरुचि जगाउने उद्देश्यले दोस्रोपटक प्रतियोगिता आयोजना गरिएको रामज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल विपिन गौलीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page