शुक्लागण्डकीमा डरलाग्दो दुर्घटना , टिप्परले कार र स्कुटरलाइ ठक्कर दिँदा एकको मृत्यु
तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नं ७ मालेबगरमा टिप्परले कार र स्कुटरलाइ ठक्कर दिँदा एकको मृत्युु भएको छ ।

खैरेनीटार बाट दमाैली तर्फ जाँदै गरेको ग १ क ५८९६ नम्बरको टिप्परले प्रदेश ०१.०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाइ ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटरकाे पछाडि बस्ने पाेखरा ३२ का ४१ वर्षीय अप्सरा क्षेत्रीकाे मृत्यु भएको छ ।

यस्तै स्कुटर चालक अप्सराका छाेरा दिपेश कुमार क्षेत्री घाइते भएका इलाका प्रहरी कार्यालय बेलचाैताराका इन्स्पेक्टर पाेषण थापाले बताए । दुर्घटना पश्चात् टिप्पर चालक फरार रहेको र उनको खाेजी भइरहेको तथा दुर्घटनाको बारेमा थप अनुसन्धान भएको थापाले जानकारी दिए ।
























