६ / ५ जि आरका भूपूहरूले मनाए ७७ औ जन्म जयन्ती

६ / ५ जि आरका भूपूहरूले मनाए ७७ औ जन्म जयन्ती

६/५ गाेर्खा राइफल्सकाे ७७ औ जन्म जयन्ती सनिवार दुलेगौंडाकाे ह्वाइटहाउस पार्टी प्यालेसमा भब्य रूपमा मनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि हवलदार प्रेम बहादुर गुरूङले उद्घाटन गर्दै आजकाे दिन भूपूहरूकाे महत्त्वपूर्ण दिन भएको बताए । भूपूहरूले समाजकाे बिकासमा इमानदारीपूर्वक लाग्ने भन्दै उनलेे भूपुहरूमा कुनै लाेभलालसा नभएको बताए । समाज बिकासमा आफ्नाे ज्ञान , सीप , अनुभव आदानप्रदान गर्न सबै भूपूहरूलाइ प्रमुख अतिथि गुरूङले आग्रह गरे ।

साँस्कृतिक कार्यक्रम सहित भएको शुभकामना आदानप्रदान कार्यक्रममा क्याप्टेन खिलबहादुर थापा , सुवेदार दाेर बहादुर राना लगायतले आ आफ्नाे धारणा व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रममा पल्टनकाे इतिहासकाे बारेमा क्याप्टेन झकबहादुर गुरूङले बताएका थिए । उक्त अवसरमा
ह्वाइटहाउस पार्टी प्यालेसका सञ्चालक विष्णु राना , सुवेदार मेजर जीतबहादुर गुरूङ , सुवेदार केशव बहादुर थापा , सुवेदार दिपबहादुर गुरूङ लगायतले बाेलेका थिए । क्याप्टेन तारालाल मल्लकाे अध्यक्षतामा भएको कार्यक्रममा जीवन रक्षक पदकबाट सम्मानित क्याप्टेन दाेरबहादुर राना तथा नारीहरू मायारानी गुरूङ र कुलमाया थापा लाई सम्मान गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page