प्रेस सेन्टर गण्डकीकाे अध्यक्षमा काफ्ले , सचिवमा तनहुँका नेपाली

प्रेस सेन्टर गण्डकीकाे अध्यक्षमा काफ्ले , सचिवमा तनहुँका नेपाली

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अर्जुन काफ्लेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिकाे उपाध्यक्ष खुला सन्तोष गौतम, उपाध्यक्ष समावेशी सन्देश श्रेष्ठ ,उपाध्यक्ष महिला सबिना राना , महासचिव गुणराज रोका, सचिब खुला अग्निधर लुइँटेल( अर्जुन अविरल ) र सुरेश अधिकारी, सचिब दलित सानेबहादुर नेपाली, सचिब जनजाती दानबहादुर गुरुङ, कोषाध्यक्ष श्रीभद्र पौडेल लगाएत चयन भएका छन् ।


दलित तर्फबाट सचिव बनेका नेपाली तनहुँ बाट लामो समयदेखि पत्रकारीता गर्ने पुराना पत्रकार हुन् । उनी प्रेस सेन्टर तनहुँकाे पुर्व अध्यक्ष समेत हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page