पराशर आश्रमका बटुकहरूलाइ म्याम्दे – दमौली समाजकाे सहयोग

पराशर आश्रमका बटुकहरूलाइ म्याम्दे – दमौली समाजकाे सहयोग


म्याग्दे दमाैली समाज तनहुँले श्रीपञ्चमीको अवसरमा पराशर आश्रम गुरुकुल व्यास ५, पराशर आश्रमका बटुकहरुलाई स्टेशनी तथा वस्त्र वितरण गरेको छ।वितरण कार्यक्रममा बोल्दै पराशर आश्रम संरक्षण समिति तथा महर्षी वेदव्यास विद्याश्रम गुरूकुलका अध्यक्ष सत्य प्रसाद खनालले सानो सहयोगले पनि बटुकहरुको पठन पाठनमा धेरै ठूलो राहत मिलेको बताए । खनालले आश्रमको दिर्घकालीन श्रोत नभएकोले  शिक्षक तथा बटुकहरुलाई खर्च व्यवस्थापन गर्न समस्या परेको बताए । यहाँहरू जस्तै सहयोगी हातहरूबाट आउने सहयोग बाट आश्रम चल्दै आएकाे उनको भनाइ थियो ।

साहित्यकार डा. बम बहादुर जितालीले अहिलेको समाज भाँडिदै गएकाले सु संस्कृत शिक्षा अहिलेको आवश्यकता भएको बताए । समाजका अध्यक्ष भाग्यशाली ढुंगानाले संस्कार संस्कृति नै देशको मुख्य धर्म रहेकोले सनातन धर्म संस्कृति बचाउनु पर्ने बताए । त्यस अबसरमा आश्रमका बटुकहरुलाई स्टेशनरी सामाग्रीहरुका अतिरिक्त जुत्ता, भेष्ट तथा धोती वितरण गरिएको थियो । समाजका सचिव विकास खनालले सहजीकरण गरेको कार्यक्रममा समाजका उपाध्यक्ष क्याप्टेन तारालाल मल्ल लगायतको उपस्थिति रहेको थियो ।


वितरण गरिएको सहयोग सामाग्रीहरू भेष्ट १३ थान शेरकुमार कायस्थले , धाेती बिष्णु कायस्थले , जुत्ता आकाश अधिकारीले र स्टेसनरी सामाग्री संस्थाको तर्फबाट उपलब्ध गराइएको समाजका अध्यक्ष भाग्यशाली ढुंगानाले बताए ।
हाल उक्त आश्रमा ११ जना बटुकहरु र चार जना शिक्षक गुरुहरु रहेका तथा कक्षा आठ सम्म अध्यायन हुने शिक्षक महेन्द्र घिमिरेले जनाए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page