न्यु भिजनले राधा माविमा निर्माण गरेको सरस्वती मन्दिर हस्तान्तरण

न्यु भिजनले राधा माविमा निर्माण गरेको सरस्वती मन्दिर हस्तान्तरण

न्यु भिजन युथ क्लब म्याग्दे २ जामुनेले राधा माध्यमिक विद्यालयकाे परिसरमा सरस्वतीकाे मन्दिर निर्माण गरेकाे छ ।
उक्त मन्दिर बसन्त पञ्चमीकाे अवसर पारेर सरस्वती मुर्तिकाे स्थापना गरी मन्दिरमा पुजा सहित बिद्यालयलाई हस्तान्तरण गरिएको क्लवका उपाध्यक्ष सन्तोष श्रेष्ठले बताए ।
कार्यक्रममा प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र क्लबका अध्यक्ष राजीव श्रेष्ठबाट संयुक्त रूपमा समुद्धाटन गरी विद्यालयलाइ हस्तान्तरण गरिएकाे हाे । उक्त मन्दिर चार लाख पचास हजार लागतमा निर्माण गरिएकाे हाे । मन्दिर निर्माण एवम् हस्तान्तरण कार्यक्रम सम्पन्न गर्न सहयाेग गर्ने चन्दादाताहरू , पतञ्जली याेग तनहुँ र पतञ्जली याेग जामुने , साधना केन्द्र परिवार लगाएत सम्पुर्ण क्लबका पदाधिकारी र राधा माध्यमिक विद्यालय परिवारलाइ क्लबले धन्यवाद दिएको छ । क्लवले यस अघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएकाे छ ।

बिद्यालय हाताभित्र राम्रो र अत्यावश्यक रहेको सरस्वती मन्दिर निर्माण सँगै हस्तान्तरण गरेकोमा क्लवलाई बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल श्रेष्ठ तथा प्रअ अशोक वाग्लेले धन्यवाद दिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page