दाहसंस्कार गर्ने क्रममा तनहुँकाे देवघाटमा दुई मलामि घाइते:

दाहसंस्कार गर्ने क्रममा तनहुँकाे देवघाटमा दुई जना मलामि घाइते भएका छन् । देवघाट गाउँपालिका–२ दराईटार बस्ने बर्ष ७४ को रनबहादुर दर्लामीको शुक्रबार काल गतिले मृत्यु भएको थियो । तर दाहसंस्कार गर्न धार्मिक परम्परा अनुसार दोमासे परेको भनी स्थानीय जरमटार स्थित कालीगण्डकी नदी किनारमा कुशको लाशसमेत बनाई कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा अचानक आगो लाग्न गई उक्त पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर दुई जना घाइते भएका हुन् । 

सोही वडाको डिगाउँ बस्ने बर्ष ५२ को नरबहादुर चितौरे र बर्ष २७ को लक्ष्मण सारू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी माेहन बहादुर खाँडले बताए । घाइते दुवै जानको  चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रनाउ खाँडले जानकारि दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page