वडा अध्यक्ष श्रेष्ठ द्वारा गणेश मन्दिरको उद्घाटन:

वडा अध्यक्ष श्रेष्ठ द्वारा गणेश मन्दिरको उद्घाटन:

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ थर्पुमा निर्माण सम्पन्न भएको गणेश मन्दिरको उद्घाटन भएको छ । मन्दिरको कार्यक्रमका प्रमुख अतिथि म्याग्दे ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । मन्दिरको उद्घाटन गर्दै श्रेष्ठले प्राविधिक स्टमेट अनुसार समयमै मन्दिर निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरे । अध्यक्ष श्रेष्ठले निर्माण सँगै अन्य सहयोग गर्ने सहयोगीहरू लाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

लागत साझेदारी अन्तर्गत गाउँपालिकाकाे २ लाख र गणेश मन्दिर निर्माण समितिकाे २ लाख गरि ४ लाखमा मन्दिर निर्माण सम्पन्न भएको हाे ।
मन्दिरमा तेजकुमार मल्लले गजुर , गणेशमान श्रेष्ठले मुर्ति र डवलसिँह रानाले घण्टी सहयोग गरेका छन् ।

मन्दिर समितिका अध्यक्ष गणेशकुमार मल्लकाे अध्यक्ष तामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य बमबहादुर मस्राङ्दि , मन्दिरका सल्लाहकार तिर्थनारायण मल्ल , पुन नारायण मल्ल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । मन्दिर सँगै शाैचालय पनि निर्माण गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page