छैटौं व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिता सुक्रवारबाट सुरु

छैटौं व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिता सुक्रवारबाट सुरु


तनहुँकाे दमाैलीमा छैटौं व्यास नगर मेयर कप खुल्ला व्याडमिन्टन प्रतियोगिता सुक्रवारबाट सुरु हुने भएको छ । व्यास नगरपालिका ३ स्थित नवनिर्मित कवर्डहलमा हुने प्रतियोगिताकाे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


व्यास नगर ब्याडमिन्टन क्लवकाे आयाेजनामा हुने प्रतियोगितामा ५० भेट्रान्स तर्फ प्रथम , द्धितीय र सान्त्वना हुने टिमलाई क्रमश ३० हजार , १८ हजार र छ / छ हजार नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएको छ । यस्तै बि लेवल पुरस्कार हरूमा प्रथम , द्धितीय र दुईवटा सान्त्वना हुने टिमलाई क्रमश ४० हजार , २० हजार र दस / दस हजार नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा १ सय टिमकाे सहभागीता रहने खेल संयाेजक सुमन श्रेष्ठले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page