भानुमा ५ दिने आँखा शिविर सम्पन्न , १२७ जनाकाे शल्यक्रिया ,१०१६ जनाको चेकजाँच

भानुमा ५ दिने आँखा शिविर सम्पन्न , १२७ जनाकाे शल्यक्रिया ,१०१६ जनाको चेकजाँच

राजेश कार्की
नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल चितवन , भानु नगरपालिका तनहुँ , नारायणगढ लायन्स क्लब र आँखा उपचार केन्द्र भानु -२ तनहुँको संयुक्त आयोजनामा भानु नगरपालिकामा ५ दिने नि:शुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर सम्पन्न भएको छ ।

माघ २० गते कालिमाटी नगरस्तरीय अस्पताल भानु नगरपालिका -१० कालिमाटीमा २४० जना सेवाग्राहीले आँखा चेकजाँच गरेका थिए भने माघ २१ गते सोमबार भानु नगरपालिका -१३ चन्द्रावती बजारमा १८४ जनाले चेकचाज गराइएका थिए।
माघ २२,२३ र २४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र एवं आँखा उपचार केन्द्र भानु नगरपालिका -२ नारेश्वरटारमा शिविर सन्चालन गरिएको थियो भने भानु-१० कालिमाटिमा अप्रेशन गर्नु पर्ने ३१ जना र भानु-१३ चन्द्रावतिमा अप्रेशन गर्नु पर्ने ३० जना बिरामीलाइ समेत ल्याइ १२७ जना बिरामीको निशुल्क अप्रेसन गरिएको हो।

साथै ५०० जना भन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्मा साथै विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो।
शिविरबाट अति गरिव, विपन्न, पछाडी परेका समुदाय साथै सिङ्गो नगरबासीमा प्रत्यक्ष लाभ पुगेको भानु नगर प्रमुख आनन्द राज त्रिपाठीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page