बन्दीपुरकाे मुकुन्देश्वरी क्षेत्रमा नयाँ मन्दिरको शिलान्यास

बन्दीपुरकाे मुकुन्देश्वरी क्षेत्रमा नयाँ मन्दिरको शिलान्यास

 तनहुँकाे बन्दीपुर गाउँपालिका २ मुच्चुकमा नयाँ मन्दिर शिलान्यास भएको छ । सेनवंशी राजाहरुको इतिहास तथा धार्मिक महत्व बोकेको मन्दिरको गण्डकी प्रदेशका पूर्व मन्त्री एवं कांग्रेस सभापति जीतप्रकाश आले तथा प्रदेश सभासद अशोककुमार श्रेष्ठले शिलान्यास गरे ।

मन्दिर निर्माणका लागि प्रदेश सरकारले १० लाख विनियोजन गरेको बताउँदै पूर्व मन्त्री आले तथा प्रदेश सभासद अशोककुमार श्रेष्ठले नपुग रकम स्थानीय सरकारबाट सहयोग हुने अपेक्षा गरिएको बताए ।उनीहरुले पहिलो प्राथमिकतामा प्रदेश सरकारले बजेट प्रदान गरेको भन्दै आगामी वर्ष समेत निरन्तरताका लागि पहल गर्ने बताए ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, उपाध्यक्ष पन्चमाया गुरुङ तथा वडा अध्यक्ष तिलकबहादुर कुँवर, परमेश्वर भट्टराई, कांग्रेस नेता दयानिधि नराल, कर्ण ब खत्रीलगायतको उपस्थिती रहेको नेता रेशमलाल गुरुङले जानकारी दिए ।

बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा र उपाध्यक्ष पन्चमाया गुरुङ्ले मुकुन्देश्वरी मन्दिर र पुरातात्विक महत्वको सेनवंशिय दरवारको संरक्षण गर्नु पर्नेमा आफू प्रतिबद्ध रहेको बताए । उनीहरुले प्रदेश सरकारसंग थप बजेटको पहल गराईदिन पनि आग्रह गरे । गाउँपालिकाका वडाध्यक्षहरु तिलकबहादुर कुँवर र परमेश्वर भट्टराइले मुकुन्देश्वरी मन्दिरको व्यवस्थापनका लागि वडाबाट यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

समितिका अध्यक्ष सुकुमलाल गुरुङले प्रदेश सरकार र स्थानीय सरकारलाई साक्षी राख्दै , गण्डकी प्रदेश र बन्दिपुर गाउँपालिका सरकार एवं भक्तजन, धार्मिक आस्था भएका चन्दादाता, दानवीर र सहयोगी हातहरुलाइ सहयोगका लागि आग्रह गर्दै आगामी २०८२ सालको चैते दशैंसम्ममा मन्दिरको मुहार फेर्ने संकल्प गरे । ऐतिहासिक मन्दिर क्षेत्रमा रहेको पुरानो मन्दिर जीर्ण भएकाले नयाँ मन्दिर निर्माण गरेर देवीलाई प्रतिस्थापन गरिने मुकुन्देश्वरी मन्दिर तथा दरबार निर्माण तथा संरक्षण समिति अध्यक्ष शुकुमलाल गुरुङले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page