नेशनल प्याब्सन तनहुँकाे बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा दमाैली पब्लिक स्कुल प्रथम

नेशनल प्याब्सन तनहुँकाे बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा दमाैली पब्लिक स्कुल प्रथम

नेशनल प्याब्सन तनहुँकाे बिद्यालय स्तरीय नृत्य प्रतियोगितामा दमाैली पव्लिक वाेडिङ स्कुल प्रथम भएको छ । व्यास नगरपालिका वडा नं ३ स्थित खुल्ला चाैरमा भएको प्रतियोगितामा १५ वटा प्रतिस्पर्धीलाइ पछि पार्दै दमाैली पब्लिक प्रथम भएको हाे । यस्तै प्रतियोगितामा न्यु मनकामना इङलिस वाेडिङ स्कुल दाेस्राे भएको छ भने तृतीय हुनेमा दमाैली सेकेन्डरी स्कुल रहेको छ ।

प्रतियोगितामा सान्त्वना हुनेहरूमा तिनवटा बिद्यालय लर्डबुद्ध एकेडेमी स्कुल , तनहुँ ज्ञानगङ्गा बाेडिङ स्कुल र लालिगुराँस बिद्या सागर बाेडिङ रहेका छन् ।
प्रतियोगितामा प्रथम , द्धितीय , तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः नगद १६ हजार , १० हजार , ८ हजार र सान्त्वना हुने ३ वटा टिमलाई २ हजार नगदका साथ ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विजेताहरूलाइ कार्यक्रमका बिशिस्ट अतिथिहरू केन्द्रीय उपाध्यक्ष तिलक ब चाैहान , केन्द्रीय सदस्य सन्त तामाङ , निवर्तमान अध्यक्ष रामकृष्ण विक , जिल्ला अध्यक्ष विशेश्वर खनाल लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस्तै वेस्ट काेरियाेग्राफरमा दमाैली स्कुलका डान्स टिचर सर्जक थापा बनेका छन् । उनलेे नगद एक हजार प्राप्त गरेका छन् ।
नेशनल प्याब्सन तनहुँका अध्यक्ष विशेश्वर खनालकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन उपाध्यक्ष विश्वास केसीले र स्वागत अतिरिक्त क्रियाकलाप संयाेजक जयराम अधिकारीले गरेका थिए । त्यसअघि कार्यक्रमकाे उद्घाटन नेपाली काङ्ग्रेसका पुर्व सभापति रघुनाथ पाैडेलले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page