म्याग्देमा फागुन २९ गते नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलन हुने

तनहुँको म्याग्दे गाउँपालिकाले यही फागुन २९ गते स्थानिय आर्थिक विकास गर्न नबप्रवद्र्धन युवा व्यवसायी सम्मेलन २०८० आयोजना गर्ने भएको छ । युवा व्यवसायीलाई प्रतिस्पर्धी लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलो पटक गाउँपालिकाले सम्मेलन आयोजना गर्न लागेको हो । म्याग्दे गाउँपालिका भित्र रहेका, उद्योगी, व्यवसायी, सिप मार्फत व्यवसाय गर्न उत्प्रेरित व्यक्ति तथा लगानी गर्न ईच्छुक व्यक्तिलाई आह्रवान गरि फागुनको फागुन २९ गते सम्मेलन आयोजना गर्ने तयारी गरेका छौ प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

नबप्रवद्र्धनमा आधारित स्थानिय आर्थिक विकास कार्यक्रम अन्र्तगत युवाहरुको चाहना र लक्ष्यलाई पुरा गर्ने मुख्य उदेश्य सम्मेलनको रहेको अधिकारीले जानकारी दिए । केही समय अगाडि बसेको गाउँ कार्यपालिकाको वैठकले सम्मेलन गर्ने निर्णय गरेको थियो ।

प्रतिस्पर्धि लाभको क्षेत्रको पहिचाहन स्वयं युवा व्यवयायिले गर्ने र सम्मेलनवाट पहिचाहन भएपश्चात नवप्रवद्र्धनमा आधारीत स्थानिय आर्थिक विकास कार्यक्रम प्रभाबकारी हुने गाउँपालिकाले विश्वास लिएको छ । व्यवसाय गर्न ईच्छुक व्यक्ति वा समुहले प्रस्ताव पेश गरेपछि मात्र पालिकावाट सहयाेग गर्ने र व्यवसायलाई अगाडी बढाउने नयाँ कार्यक्रम भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको दिगो आर्थिक विकासका लागि स्थानिय स्तरमा हुने उद्यम व्यवसाय, पर्यटन, स्थानिय उत्पादन, पुर्वाधार निर्माण, सिप बिकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवद्र्धन, विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरण लगायतका विषय सम्मेलनमा छलफल हुने नवप्रवद्र्धन कार्यक्रमका फोकल पर्सन एवम् गाउँपालिकाका अधिकृत प्रदीप न्यौपानेले जानकारी दिए । स्थानिय क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्नु , स्थानिय क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आयमा बृद्धि गर्नु, उपलव्ध स्रोत साधनलाई निजीक्षेत्र, सामुदायिक तथा सहकारी क्षेत्रको सहभागितामा स्थानिय आर्थिक विकासमा पहिचाहन गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको अधिकृत न्यौपानेले बताए । कार्यक्रम यही २९ गते म्याग्दे ३ स्थित बेल्टार आमा समुहको भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

नवप्रवद्र्धनमा आधारित स्थानिय आर्थिक विकास कार्यक्रमवाट म्याग्दे गाउँपालिकामा धेरै व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गर्ने तथा उत्पादन र उत्पादकत्व बृद्धि गरि बेरोजगारी समस्या उद्यमशिलता मार्फत समधान हुने विश्वास गाउँपालिकाले लिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page