डुम्रे सांस्कृतिक युवा परिवारकाे आँखा शिविरमा १ सय ५० जनाको आँखा परिक्षण:

डुम्रे साँकृतिक यूवा परिवार तनहुँकाे आयाेजनामा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
वन्दिपुर ६ स्थित अरुण मा.वि हट्टियामा भएको शिविरमा १ सय ५० जनाले आँखा परिक्षण गरेका छन् ।
हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र बन्दिपुर अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा १ सय ५० जनाकाे आँखा जाँच हुनुका साथै स्थानिय व्यक्तिहरुलाई निःशुल्क चस्मा र औषधी प्रदान गरिएको कार्यक्रम संयोजक शम्भु श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमकि प्रमुख अतिथि बन्दिपुर गाँउपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले मानव जिवनमा आँखाकाे महत्त्व अत्यन्तै ठुलो रहेको भन्दै स्वास्थ्य क्षेत्र प्रति स्थानिय सरकार सदैब सचेत रहेको बताइन् । स्थानीय संघ संस्था , क्लवहरूले आयाेजना गर्ने यस्ता सामाजिक कार्यक्रममा बन्दिपुर गाँउपालिका सदैव हातेमालो गर्न तयार रहेको उपाध्यक्ष गुरूङकाे भनाइ थियो । कार्यक्रममा विशिष्ट अतिथि वडा नं. ६ का वडाध्यक्ष बल बहादुर गुरुङले यस वडा मा आफुले स्वास्थ्य र शिक्षामा विशेष पहल गरेको र डुम्रे साँकृतिक यूवा परिवारले बन्दिपुरको कर्णाली मानिने यस स्थानमा आँखा जस्तो अति महत्व पुर्ण स्वास्थ्य शिविर ल्याइदिएकोमा विशेष धन्यवाद ब्यक्त गरेका थिए ।

शिविरमा डुम्रे साँस्कृतिक यूवा परिवारका पूर्व अध्यक्ष राजेश पिया र संयोजक शम्भु श्रेष्ठले क्लवको परिचय र यसले गर्ने सामाजिक, साँस्कृतिक लगायतका गतिविधिका बारेमा जानकारी गराएको बागेश्वरी यूवा क्लवका अध्यक्ष नविन गुरुङले बताए ।
आँखा शिविर कार्यक्रम संचालनका लागि साँस्कृतिक क्लवका पूर्व कोषाध्यक्ष दिक्पाल श्रेष्ठ, सदस्य धुर्व श्रेष्ठ, अर्जुन बसियाल, प्राविधिक पल्वि सुल्पि, शशि रुपा खेती र धर्मराज पौडेल को विशेष सहयोग रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।
यस्तै कार्यक्रममा समाजसेवी तथा सरसफाई विज्ञ नमस्ते लाल भुमीले आँखा र सरसफाईको महत्वको बारेमा प्रकास पार्दै , आठौँ बागेश्वरी कप खुल्ला भलिबल प्रतियोगिता का लागि JUST CHILL डुम्रे र Himalayan cafe बन्दीपुर बाट प्राप्त दुई थान भलिबल र एक थान नेट बागेश्वरी यूवा क्लवका सचिव सुजित गुरुङलाई प्रदान गरेका थिए ।
उक्त शिविरमा ४ जना विरामीलाई थप उपचारको लागि हिमालयन आँखा अस्पताल घारीपाटन रिफर गरिएको संयोजक श्रेष्ठले बताए ।
डुम्रे साँस्कृतिक यूवा परिवार, क्षेत्रीय होटल संध, डुम्रे इकाई, बागेश्वरी यूवा क्लव र कुसुम स्मृति यूवा क्लवद्वारा आयोजित कार्यक्रमको सभापतिन्व कुसुम स्मृति क्लवका अध्यक्ष सुनिल दर्जीले गरेका क्षेत्रीय हाेटल संघ डुम्रे बजार इकाईका सभापति सन्तोष थापाले बताए ।




































