दमाैलीका ६ जना युवा माथि १२ जना समुहको खुकुरी आक्रमण , ३ जना घाइते

दमाैलीका ६ जना युवा माथि १२ जना समुहको खुकुरी आक्रमण , ३ जना घाइते


तनहुँकाे दमाैलीमा युवाहरू माथि खुकुरी आक्रमण भएको छ । व्यास नगरपालिका वडा नं २ स्थित उत्तरशिला लाइनको एक हाेटलमा खाजा खाइरहेकाे अवस्थामा १२ जनाको एक समूह आइ ६ जनाको समूह माथि खुकुरी प्रहार गरेका हुन् । घटना सरस्वती पुजाकाे दिनको भएकाे र प्रहरीले घटनालाई बाहिर ल्याउन नचाहेको श्राेतले बताएको छ । बाहिर ल्याउन नचाहेकै कारणले घटना घटेको ५ दिनसम्म पनि बिषय बाहिर आउन सकेको थिएन ।
यता तनहुँ प्रेसलाई प्राप्त सुचना अनुसार दमाैलीका ६ जना युवाहरू उत्तरशिला हल अगाडिको एक हाेटलमा खाजा खाएर बसेका थिए । खाजा खाँदै जाँदा राति ९ बजेकाे र प्रहरीले ९ बजे हाेटल बन्द गराउने हुँदा सटर बन्द गरेर उनिहरू भित्र बसेर खाजा खाइरहेका थिए । राति करिब सभा नाै बजेतिर १२ जना जतिकाे युवाहरूकाे ग्याङ माेटरसाइकलमा आयाे । काेही माेटरसाइल स्टार्टमा चाँडै भाग्न ठिक्क परेर बाहिर बसे भने काेही खुकुरी लिएर सटर खाेलेर भित्र पसे । त्यही खुकुरी लिएर भित्र पसेको समुहले खाजा खाएर बसिरहेकाे समुहलाइ अन्धाधुन्ध खुकुरी हाने र फिल्म स्टाईलमा भागे ।


खुकुरी आक्रमणबाट राेम गुरूङ , पवन अछामी लगायतका तीनजना युवाहरूकाे टाउकोमा गहिरो चाेट लागेको छ भने तीन जना सामान्य घाइते भएका छन् । घाइतेहरूकाे रत्नहरी अस्पतालमा उपचार भएको र एकजनालाई पाेखरा जिएमसी पठाइएको बताइएको छ । पाेखरा तथा दमाैलीमा उपचार भएका घाइते युवाहरूको १५ देखि २० वटा टाँका लगाइएको छ । उनिहरूकाे टाउको , निदार , ढाडमा चाेट छ ।
यता घाइतेका परिवारले जिल्ला प्रहरी कार्यालय तनहुँमा ज्यान मार्ने उद्योग सम्बन्धि उजुरी दिएका छन् । घटनामा संलग्नहरू भादगाउँ , बेलवास लगायतका युवा रहेको घाइतेको पारिवारिक श्राेतले जानकारी दिएको छ ।


यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा घटनामा संलग्नहरू मध्ये दुई जनालाई नियन्त्रणमा लिएर साेधपुछ भइरहेको भए पनि मुख्य अभियुक्तहरू फरार रहेको र खाेजी कार्य भइरहेको जानकारी दिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page