राप्रपा अध्यक्ष लिङ्देन माघ ३० गते छाब्दी बाराही मन्दिरमा आउने

राप्रपा अध्यक्ष लिङ्देन माघ ३० गते छाब्दी बाराही मन्दिरमा आउने


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तनहुँ आउने भएका छन् । यही माघ ३० गते बुधबार अध्यक्ष लिङ्देन तनहुँ आउने कार्यक्रम भएको राप्रपाका जिल्ला अध्यक्ष विनोद घर्तीले जानकारी दिए । अध्यक्ष लिङ्देन उक्त दिन बिहान १०:३० देखि १२:०० बजेसम्म राप्रपा पार्टी कार्यालय दमौलीमा कार्यकर्ता भेटघाट एवम् पार्टी प्रवेश कार्यक्रममा सरिक हुने घर्तीले बताए ।

त्यसपछि तनहुँको प्रसिद्ध मन्दिर छाब्दी बाराही देवीको दर्शन एवम् मन्दिर परिसरमा पूजामा सरिक हुने कार्यक्रम भएको उनलेे जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page