प्रजातन्त्रवादी प्राध्यापक संघकाे साधारणसभामा प्राध्यापकहरू सम्मानित
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँको साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभाकाे संघका गण्डकी प्रदेश उप संयोजक एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खले (महेश) ले उद्घाटन गर्दै बैचारिक संघ , संगठनहरु राष्ट्र निर्माणको लागि स्पस्ट मार्ग निर्देश गर्ने शक्ति भएको बताए । प्रमुख अतिथि हड्खलेले प्राध्यापक संघ क्याम्पस इकाईले खेलेको सकारात्मक भुमिका र कृयाशिलताको लागि धन्यवाद ब्यक्त गरेका थिए ।

साधारणसभामा सचिब गजेन्द्र पौडेलले पेस गरेकाे प्रगति प्रतिबेदन तथा चिजकुमार श्रेष्ठबाट प्रस्तुत आर्थिक प्रतिबेदन पारित भएको थियो । उक्त अवसरमा समितीको मुखपत्र दीपान दर्पन प्रकाशन तथा लोकतन्त्र दिवस-२०८१ मनाउने लगायतका महत्त्वपूर्ण निर्णय भएको थियो ।
समिति सभापति विमल गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पसका उपप्राध्यापक एबं नेपाली विभागका प्रमुख डा. शुशीलप्रसाद वाग्ले ले विध्यावारिधी उपाधी(P.hd) हासिल गर्नुभएको तथा सह प्राध्यापकमा पदन्नती भएकोमा तथा महाप्रसाद हड्खले, डा. रामकुमार अधिकारी, सागर पौडेल, श्रीकृष्ण न्यौपाने र सदाखर तिमिल्सिना लाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा ५ जना सहायक प्राध्यापकहरु लाई संस्थाको सदस्यता समेत प्रदान गरिएकाे इकाई सभापति गिरीले बताए ।
कार्यक्रममा स्व. वि यु. सभापति गौरव पन्थ , पब्लिक क्याम्पस प्राध्यापक संघका उपसभापति चिरञ्जीवी बस्नेत, IQAC प्रमुख बिस्वेश्वोर तिमिल्सिना, विभागीय प्रमुख, समिती संयोजक, प्राध्यापक लगायतको उपस्थिति रहेको थियो ।




































