भूमि आयोग तनहुँका सदस्यहरु द्वारा सपथ ग्रहण
भूमि आयोग तनहुँका मनोनित सदस्यहरुले बिहिबार सपथ ग्रहण गरेका छन् । भूमि आयोगमा मनोनित भएका विज्ञ सदस्य श्रीराम कार्की तथा सदस्यहरु आशा थापा र रामचन्द्र उपाध्यायले सपथ ग्रहण गरेका हुन् । सदस्यहरुलाई भूमि आयोग तनहुँका अध्यक्ष गोवन्द सिलवालले सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा पूर्व सांसद केदार सिग्देल , जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायत विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सपथ ग्रहण गरेका सदस्यहरुले पदभार समेत ग्रहण गरे सँगै भूमि आयोगले पूर्णता पाएकाे छ ।
























