देवघाट गाउँपालिका द्वारा बिद्यार्थी माथि खेलवाड

देवघाट गाउँपालिका द्वारा बिद्यार्थी माथि खेलवाड

स्कुल पढ्न गएका बिद्यार्थी माथि देवघाट गाउँपालिकाले खेलवाड गरेको छ । देवघाट गाउँपालिका वडा नं २ काे वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा स्कुल पढ्न गएका बिद्यार्थीहरू लाई लाइन बसालेर स्वागतकाे लागि राखेपछि यस सम्बन्धि विषय सार्वजनिक भएको हाे ।

वडा कार्यालय भवन उद्घाटनमा सर्वाेदय माविका बिद्यार्थीहरूले भवन उद्घाटनका लागि आएका देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा , उपाध्यक्ष भुवन सिंह गुरूङ , प्रमुख प्रशासकिय अधिकृत गाैरी प्रसाद आचार्य एवम् अन्य जनप्रतिनिधिहरू लाई स्वागत गर्न लाइन लागेर बसेका थिए ।

देवघाट गाउँपालिका भित्रका बिद्यालयहरूमा यही ६ गतेदेखि तथा एसइई परिक्षा सुरु हुने मुखैमा बिद्यार्थीहरूलाई स्कुल ड्रेसमा स्वागतकाे लागि राखिनु दुखद भएको एक शिक्षकले बताए । पहिलो कुरा त वडा कार्यालय र बिद्यालय भवन एकैठाउँमा छ , साउण्ड देखि अन्य हाेहल्लाले प्रभावित भैहाल्छ ती शिक्षकले भने । वडा कार्यालय भवन उद्घाटनकाे लागि भन्दै बिद्यालयले १ विषय पढाएर विद्यार्थीहरूलाइ कार्यक्रम स्थलमा लगेको थियो ।

यस सम्बन्धमा सर्वाेदय माविका प्रअ टेकबहादुर थापा सँग सम्पर्क गर्दा सम्बन्धित वडा अध्यक्षले भनेपछि बिद्यार्थीहरूलाइ १ विषय पढाएर कार्यक्रममा स्वागतकाे लागि लगेको बताए ।

बिद्यार्थीकाे पढाइ नै प्रभावित हुने गरि बिद्यार्थीहरू कार्यक्रममा जान गाउँपालिकाले सर्कुलर गरेको हाे ? भनी शिक्षा शाखा प्रमुख हाेमनाथ लामिछानेलाई साेध्दा गाउँपालिका शिक्षा शाखाले कुनै सर्कुलर नगरेको र त्यस सम्बन्धमा आफुलाई थाहा नभएको बताए ।
यस्तै कार्यक्रममा सहभागी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गाैरी प्रसाद आचार्य सँग सम्पर्क गर्दा आफु गाडीमा भएको र राम्रोसँग नबुझेको भन्दै आलेटाले जवाफ दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page