छिर्कनेका थापाकाे स्कुटर दुर्घटनामा मृत्यु

छिर्कनेका थापाकाे स्कुटर दुर्घटनामा मृत्यु
Oplus_0


तनहुँका एक पुरूषकाे स्कुटर दुर्घटनामा मृत्यु भएको छ । साबिक बरभन्ज्याङ गाबिस वडा -७ हाल व्यास १२ का धर्म बहादुर थापाको गए राति ८ बजेको समयमा ब्यास-१२ छिर्कनेमा स्कुटर दुर्घटनामा परेर मृत्युु भएको हाे ।

स्कुटर डिभाइडरमा ठाेक्किएर गम्भीर घाइते भएका थापाको दमाैली अस्पतालमा पुर्याउँदा निधन भइसकेको थियो । मृतक थापाको शव अहिले दमाैली अस्पतालमा रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page