दैलेखमा चाेरीकाे सुन बिक्रीमा विवाद हुँदा ११ वर्षीय वालककाे हत्या

दैलेखमा चाेरीकाे सुन बिक्रीमा विवाद हुँदा ११ वर्षीय वालककाे हत्या

दैलेखमा चोरीकाे सुनका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा एक जना ११ वर्षीय बालकको हत्या गरिएको छ । दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगका सोही ठाउँका १४ वर्षीय र १७ वर्षीय किशोरलाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए । ११ वर्षीय ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन थिए ।

‘त्यसपछि घर परिवारले वरपर सबैलाई सोधपुछ गर्दा पनि उनी फेला परेनन्,’ प्रहरी निरीक्षक सुनारले भने, ‘त्यसपछि माघ २६ गते परिवारले इलाका प्रहरी कार्यालय दुल्लुमा खोजतलासका लागि निवेदन दिनुभयो ।’
सोही निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको सुनारले बताए । अनुसन्धानका क्रममा दुई बालकले चोरी गरेर सुनका गहना (तिलहरी) बिक्री गर्ने बेलामा विवाद भएको र माघ २५ गते नै हत्या गरेर घर नजिकै रहेको खोला नजिक खाल्डो खनी गाडेको छौँ’ भन्ने बयान दिए पछि सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक सुनारले बताए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page