डेढ लाख नहुँदा अप्रेसन गर्न नसकेर ऋषिङ्गका थापा ४ वर्षदेखि गम्भीर समस्यामा

डेढ लाख नहुँदा अप्रेसन गर्न नसकेर ऋषिङ्गका थापा ४ वर्षदेखि गम्भीर समस्यामा

डेढ लाख रूपयाँ नहुँदा तनहुँका एक युवा ४ वर्षदेखि पिसाब थैली लिएर बस्न बाध्य भएका छन् । जिल्लाकाे ऋषिङ्ग गाउँपालिका वडा नं ७ कान्छीया घर भएका ४६ वर्षीय कर्णबहादुर थापा ४ वर्ष अगाडि लडेर घाइते हुँदा पिसाब नलीमा गम्भीर समस्या भएको थियो ।

मुत्रनलीमा गम्भीर समस्या देखिएपछि अप्रेसन गरेर पेटबाट पाइप छिराइ पिसाब थैली राखेका उनको पाेखरा मनिपालमा उपचार भएको थियो । मनिपालमा अप्रेसन गरेर पाइप लगाएको थापाको अहिले पुनः अप्रेसन गरेर पाइप निकाल्ने अस्पतालले भनेपनी आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण अस्पताल जान सकेका छैनन् ।


करिब डेढ लाख अप्रेसन लगायतको खर्च लाग्ने डाक्टरले भनेको बिरामी थापाको श्रीमती दुर्गामाया थापाले बताइन् । घरमा पैसा छैन , आम्दानीकाे श्राेत पनि छैन ,ससाना छाेराछाेरी छन् पढाउने , खुवाउने गर्दै जेनतेन परिवार धानेकाे उनलेे बताइन् । काम गर्ने मान्छे नैं थलापरेपछी परिवारमै बिचल्ली जस्तो भएको छ भन्दै उनलेे महिना महिनामा पाइप फेरिरहन पर्ने र प्रत्येकपटक झण्डै १५ हजार खर्च हुने उनलेे जानकारी दिइन् । अहिलेसम्म त आफन्तहरूले सहयोग गरेर चलेको थियो , तर अप्रेसन गर्न धेरै पैसा लाग्ने भए पछि थापाको परिवार चिन्तित छ । सहयोग गर्ने सहयोगी पाए भगवान मान्ने उनलेे बताइन् । बिरामी थापाको परिवार शारीरिक अपांग समेत छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page